चिकित्सक भन्छन् – टन्सिललाई हेलचेक्र्याइँ नगरौँ

काठमाडौँ, २६ मंसिर । प्रकाश थापाले यस हप्ता आफूले टन्सिलका धेरै बिरामी हेरेको बताए । उनले धुलोमैलो, धुँवा, खानपानले घाँटीमा असर गर्ने र टन्सिल हुने सम्भावना रहने जानकारी दिँदै जाडो मौसममा चिसो तथा फ्रिजमा राखिएका खाद्य पदार्थ एवं पेय पदार्थ पिउँदा पनि घाँटी दुख्ने र टन्सिल हुने बताए । उनका अनुसार रुघाखोकी बढ्दै जाँदा पनि टन्सिलको जोखिम हुन्छ ।

कतिपयलाई टन्सिल निको पार्न एन्टिबायोटिक्सको प्रयोग गर्नुपर्ने हुन्छ । नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दीपेन्द्र श्रेष्ठले टन्सिल सबैको समस्या हो भन्दै कसैलाई नियमित टन्सिल हुन सक्ने बताए । उनले ब्याक्टेरियाबाट हुने टन्सिलका कारण तत्कालीन र दीर्घकालीन जटिलता एकदमै खतरापूर्ण हुन सक्ने बताउँदै एकपटक टन्सिल भइसकेपछि निको हुने तर बारम्बार बल्झिरहन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने सुझाव दिए । सङ्क्रमण फैलिएर टन्सिल ग्रन्थी नजिकै ठूलो फोकामा पिप जम्न सक्ने र सङ्क्रमण फैलिएर घाँटीको भित्री तहसम्म पुग्ने सम्भावना रहन्छ । सङ्क्रमण रगतमा फैलिएर दीर्घकालीन रूपमै असर हुनेगरी मुटु, मिर्गौला, जोर्नी र दिमागमा समेत खतरा पुर्‍याउन सक्छ । बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले बालबालिकालाई पनि टन्सिलको समस्या हुन सक्ने बताउँदै टन्सिल हुँदा प्रशस्त आराम गराउने तथा तातो पानी पिउने, चिया वा कागतीपानीमा मह मिसाएर खान दिने, मनतातो पानीमा नुन घोलेर दिनमा चार/पाँचचोटि कुल्ला गर्न लगाउने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष