एमाले महाधिवेशन: २५० स्वास्थ्यकर्मी परिचालन हुने

काठमाडौँ, ८ मंसिर । मंसिर १० गतेदेखि चितवनमा हुन लागेको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा २५० जना स्वास्थ्यकर्मीसहित ६ वटा एम्बुलेन्स परिचलन गरिने भएको छ ।

महाधिवेशन स्वास्थ्य समितिका अनुसार महाधिवेशन अवधिभर नेपाल रेडक्रस सोसाइटीका तालिमप्राप्त स्वयंसेवकहरु पनि खटाइने छ ।

महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुई ‘क’ र ‘ख’ वर्गका दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । बन्दसत्र अवधिभर सौराहामा अध्यक्ष केपी शर्मा ओली बस्ने ठाउँमा ‘क’ वर्गको एम्बुलेन्स ‘स्ट्यान्ड बाई’ राखिने र थप चारवटा एम्बुलेन्स बन्दसत्र हुने स्थानको नजिकमा रहने पनि समितिले जनाएको छ ।

बन्दसत्रका क्रममा कोही सहभागी बिरामी भएमा चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने गरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले बताए । महाधिवेशन अवधिभर विज्ञ चिकित्सकसहित २५० स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन गरिने पनि अधिकारीले बताए । साथै, नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीहरुलाई निःशुल्क औषधि उपलब्ध गराइने समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष