मीना चौलागाईंको मुक्तकसंग्रह ‘मुक्तक मिनार’ सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति, कवि डा. विष्णुविभू घिमिरे, प्राज्ञ माया ठकुरी, साहित्यकारहरू कृष्ण धरावासी, विवश पोखरेल, रामकाजी कोने, आनन्द श्रेष्ठलगायतले उक्त कृति संयुक्त रूपमा विमोचन गरेका हुन ।
मुक्तकसागर साहित्यिक त्रैमासिकले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. विष्णुविभू घिमिरेले मुक्तक विधाको उन्नयनका लागि मुक्तकसागर समर्पित भएको उल्लेख गरे ।





