नेपाल-भारत सीमावर्ती अधिकारीको बैठक : पारस्परिक हितमा जोड

(साउन १, नेपालगञ्ज) । भारत नानपारामा बसेको नेपाल–भारत सीमावर्ती अधिकारीको संयुक्त बैठकमा पारस्परिक हितका विषयमा मिलेर जाने सहमति भएको छ ।

बैठकमा सीमावर्ती क्षेत्रमा हुने अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्ने विषयमा विशेछलफल भएको छ । मानवबेचबिखन, सीमा स्तम्भ, अवैध हातहतियारको ओसारपसार, लागुऔषधको प्रयोग, अपराधिक गतिविधि नियन्त्रण, मानसरोवर तीर्थ यात्रुलाई सहजता, वन्यजन्तु चोरी शिकारी नियन्त्रण लगायत विषयमा छलफल भएको छ । छलफलमा यस्ता अपराधिक क्रियाकपालहरु नियन्त्रणका निम्ती दुवै देशका सुरक्षा निकायलाई कडाई गर्न निर्देशन दिने भएको छ । त्यस्तै वैठकमा बाढीको समयमा लक्ष्मणपुर ब्यारेजको ढोका पर्याप्त मात्रामा खुल्ला गर्न आग्रह समेत नेपालको तर्फबाट भारतीय पक्षलाई आग्रह गरीएको छ ।

नेपालको तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र भारतको तर्फबाट देवी पाटन मण्डलका कमिश्नर एस के ओझाले बैठकको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा