यो समय समृद्धि र विकासको हो, विरोधका लागि मुद्दा खोज्ने बेला होइन : मन्त्री पोखरेल

(असार ३१, काठमाडौं) । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान समय समृद्धि र विकासको भएकाले कुनै पनि वहानामा विरोधका लागि मुद्दा खोज्ने समय नभएको बताएका छन् ।

काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले भने डा। गोविन्द केसी उठाएका मुद्दा ठीकै होला, ठीक माग भए सम्बोधन पनि होला, प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्ने मुद्दा कहाँ कहाँ छन् भनेर खोज्न जरुरी छैन, फैसला जनताबाट निर्वाचित प्रतिनिधिले गर्न पाउनुपर्छ ।

मन्त्री पोखरेलले बर्तमान समय विरोध गरेर समय बर्बाद पार्ने नभई आर्थिक विकास र समृद्धि सबैको अबको योजना हुनुपर्नेमा जोड दिँदै विकास निर्माण र सामाजिक सुधारका काम सबै एकताबद्ध हुनुपर्ने बताए । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “अव्यवस्थित रुपमा बस्ती निर्माणका काम भइरहेका छन्, त्यसको नियन्त्रण गर्न जरुरी छ, त्यसलाई रोक्ने र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने जिम्मा समन्वय समितिले लिनुपर्छ ।” त्यस्तै मन्त्री पोखरेलले जिल्ला समन्वय समितिले जिल्लाको प्रशासन, सुरक्षा निकाय, विकास निर्माणलगायतका सबै काममा समन्वय गरेरमात्र काम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६