काठमाडौँ, २८ असोज । आज विश्व दृष्टि दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गरी मनाइँदै छ ।
विश्वमा झण्डै ३ करोड ६० हजार मानिस दृष्टिविहीन छन् भने झण्डै २ अर्ब ४६ करोड मानिस कम दृष्टि या गहिरो प्रकृतीको दृष्टिजन्य समस्याबाट प्रभावित छन् ।
कुल दृष्टिविहीनहरुमध्ये झण्डै ९० प्रतिशत दृष्टिविहीनहरु विकासशील तथा अल्पविकसित देशका रहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
सङ्गठनका अनुसार ८० प्रतिशत दृष्टिदोषलाई उपचारबाट निको पार्न सकिन्छ । तर, उपचारको सहज पहुँच नहुँदा र आर्थिक समस्याका कारण गरिब तथा विपन्न परिवारका सदस्यले दृष्टि गुमाउनु परेको छ ।
नेपालमा मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगको कारण हुने अन्धोपन, जलबिन्दु, रेटिना सम्बन्धी समस्याहरु बढ्दै गएको डाक्टरले बताएका छन् ।






