कोरोना खोप: बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति

काठमाडौँ, २७ भदौ । औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।

विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए ।

अन्नपूर्णसँग महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो ।

कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा फाइजर खोप आइपुग्ने सरकारले जनाएको छ । हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा