बंगलादेशसँग सरकारले उर्जा सहकार्य सम्झौता गर्दै

(असार २०, काठमाडौं) । सरकारले बंगलादेशसँग उर्जा सहकार्य सम्झौता गर्ने भएको  छ ।

करिब ६ महिना अघि पत्र पठाएको थियो । तर, बंगलादेश सरकारले कुनै प्रतिक्रिया नदिएपछि उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बंगलादेशलाई सम्झौता गर्ने मिति तय गर्न पुनः पत्र पठाएको छ ।

नेपालले भारत र चीनसँग मात्र उर्जा सहकार्यसम्वन्धी सम्झौता गरेको छ । यो सम्झौता भएसँगै दुई देशबीच उर्जासँग सम्बद्ध संयन्त्र बन्छ भने विद्युत खरिद सम्झौताको लागि बाटो खुल्नेछ ।

बंगलादेशको ३० प्रतिशत पानी नेपालको नदीमा निर्भर छ । गंगा नदीको ७० प्रतिशत पानी नेपालबाट आउँछ र बंगलादेशको कुल जलस्रोतको ३० प्रतिशत योगदान गंगाले गर्छ । अहिले भने बंगलादशेले भारतबाट ६ सय मेगावाट विद्युत् आयात गरिरहेको छ । नेपालसँग उर्जा सहकार्य सम्झौता गरेर यहाँको बिजुली पनि आयात गर्ने उसको सोच छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका