भीमदत्तमा एम्बुलेन्स र शव वाहन सेवा सञ्चालन

कञ्चनपुर, ३ भदौ । कोरोना रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शव वाहन सेवा सञ्चालन गरेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो । शव वाहन नगरपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको छ । एम्बुलेन्सलाई सीमा नाका गड्डाचौकीमा राखेर कोरोना सङ्क्रमित बिरामी बोक्न प्रयोग गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताउनुभयो ।

“एम्बुलेन्स सञ्चालन गरी कोरोना सङ्क्रमितलाई निःशुल्क रूपमा आइसोलेसनमा पुर्‍याउने कार्य गरिने छ”, उहाँले भन्नुभयो, “शव वाहनको प्रयोग कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न र अन्य शव बोक्नका लागि प्रयोगमा ल्याइने छ ।” एम्बुलेन्स र शव वाहन सञ्चालनका लागि निर्देशिका तयार गरी व्यवस्थित रूपमा सञ्चालन गरिने उहाँको भनाइ छ । रासस
प्र

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष