रक्तस्राव रोक्ने नयाँ औषधि 

असार १४, एजेन्सी । आमाहरुलाई  शिशु जन्मीनु अघि  रक्तस्राव रोक्न  नया औषधि आएको छ ।

यसले हजारौँ महिलाको ज्यान जोगाउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्माउने बेला हुने अत्यधिक रक्तस्रावका कारण विश्वभर हरेक वर्ष ७०,००० महिलाको ज्यान जाने गर्दछ।

महिलाहरूलाई रक्तस्राव रोक्न अक्सिटोसिन नामक औषधिको इन्जेक्सन दिइने गरिन्छ । तर यो औषधिले गर्मी र उष्ण हावापानी भएका स्थानहरूमा राम्रो काम गर्दैन।

हिटस्टेबल कार्बेटोसिन नाम गरेको औषधिले चाहिँ गर्मी र उष्ण ठाउँहरूमा पनि राम्रो काम गर्दछ। तेसैले विश्वभरका महिलाहरूलाई दिन सकिने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्