यस वर्षकाे विश्व योग दिवस भर्चुअल रूपमा मनाइने

काठमाडौँ, ५ असार । कोभिड–१९ को जोखिम कायमै रहेकाले यस वर्षको विश्व योग दिवसको मूल समारोह समितिको कार्यक्रम भर्चुअल रूपमा हुने भएको छ । राष्ट्रियस्तरमा दिवस मनाउन नेपाल मन्त्रिपरिषद्को यही जेठ २६ गतेको निर्णयानुसार शिक्षा, विज्ञान र प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्वर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ (असार ७ गते) लाई विश्व योग दिवसका रुपमा मनाइन्छ । 

मूल समारोह समितिको यही असार १ गते भर्चुअल रूपमा सम्पन्न मूल बैठकले दिवसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यमबाट गर्ने तथा अन्य शिक्षण संस्था र संस्थालाई परिस्थिति हेरी भर्चुअल वा उपयुक्त खालका कार्यक्रम गर्न आग्रह गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति रहने र आयुर्वेद कार्यालय र सम्बन्धितलाई समावेश गरी सदस्यहरु तोक्न भनिएको छ ।
 
समितिको सहसंयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरिया रहेका छन् । यस वर्ष सन् २०२१ को विश्व योग दिवसको थिम ‘योगा फर वेल–बिइङ’ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष