काठमाडौँ, २४ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





