सेयर बजारमा कारोबार रकम र बजार परिसूचकमा नयाँ रेकर्ड

काठमाडौँ, १६ जेठ । नेप्से आज १२.५४ अंकले बढेर २८२७.९३ अंकमा बन्द भएको छ ।

जेठ ११ गते मंगलबार २८२३.०७ अंकसम्म पुगेको नेप्सेमा बुधबार र बिहीबार समान्य करेक्सन भएको थियो । गत साता मात्रै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सट ट्रम ट्रेडिङमा रोक लगाएको तथा लघुवित्तको सेयर खरिदमा प्रतिबन्ध लगाएको छ ।

बजार परिसूचकमा मात्रै नभएर कारोबार रकम पनि दिनप्रतिदिन बढ्दै गएको छ । सेयर बजारमा नेप्सेले मात्रै नभएर कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ । बजारमा आज १७ अर्बको कारोबार भएको छ । ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा आज नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजारको कारोबार भएको छ । जुन नेप्सेमा एकै कारोबार दिनमा भएको सबैभन्दा उच्च कारोबार हो ।

यसअघि, जेठ १३ गते बिहीबार १४ अर्ब ७६ करोड ८ लाख ८ हजारको कारोबार भएको थियो । ४ करोड १ लाख १३ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

आज प्रि–ओपन सेसनमा २० अंकले बढेर भएर २८३६.११ अंकमा खुलेको थियो । आज नेप्सेमा अन्य उपसूचक सर्वाधिक २.४९ प्रतिशतले करेक्सन हुँदा लघुवित्त उपसूचक १.३७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.०२ प्रतिशतले करेक्सन भएको छ । यता, विकास बैंक उपसूचक भने सर्वाधिक ७.३९ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त कम्पनी उपसूचक ५.०८ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ४ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ३.८७ प्रतिशतले बढेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा म्युचुअल फन्डलाई कर छुटको घोषण गरेसँगै म्युचुअल फन्डमा आकर्षण बढेको हो ।

आज कारोबार रकमको नेतृत्व जलविद्युत् कम्पनीले गरेका छन् । धेरै कारोबार हुने शीर्ष १० कम्पनीमा ९ वटा हाइड्रोपावर छन् । आज नेप्सेमा नेसनल हाइड्रोपावरको सर्वाधिक ४७ करोड ४० लाख ९० हजारको कारोबार भएको छ । यस्तै, अरुण काबेली पावरको ४६ करोड ९२ लाख ६४ हजार, युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लाख ४५ हजार र बुटवल पावर कम्पनीको ४१ करोड २८ लाख ५७ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा २० कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । अधिकांश विकास बैंकको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा केही हाइड्रोपावर, वित्त कम्पनीसहित दुईवटा होटेलको सेयर मूल्य पनि सर्किट लेभलमा बनद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको