वाग्मतीमा सफाइसँगै ३३ जनाले गरे रक्तदान

काठमाडौँ, ८ जेठ । वाग्मती सफाइ महाअभियानले आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा तीन सातादेखि जारी निषेधाज्ञाका कारण अप्ठ्यारोमा परेका बिरामीका लागि रक्तदान कार्यक्रम गरिरहेको छ । कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक चक्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । शङ्खमूलमा रक्तदान गर्नुअघि ४१९ औँ हप्ताको वाग्मती सफाइ पनि गरिएको थियो । सफाइमा १० अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन् । महाअभियान नवौँ वर्ष प्रवेश गरेका अवसरमा आज बेलुकी जुम प्रविधिबाट कोरोनाबाट बच्न के गर्ने ? के नगर्ने ? भन्ने विषयमा चिकित्सकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

यसैगरी मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको आयोजनामा काठमाडौँ महानगरपालिका–३२ नरे फाँटस्थित लाली गुराँस स्कुल छेउको नदी किनारमा २१८औँ हप्ताको सफाइ अभियान सम्पन्न गरिएको छ । सफाइ भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको हो । सफाइबाट दुई गाडी फोहोर उठाइएको कार्यक्रम संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान आजदेखि नवौँ वर्ष प्रवेश गरको छ । महाअभियान शुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सफाइ जारी छ । जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता प्रतिकूल अवस्थामा पनि महा अभियानलाई निरन्तरता दिइएको छ । महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान शुरु गरिएको हो । 

यसैगरी उपत्यकाबाहिर मुख्य नदी, प्रमुख शहर र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । हाल देशभर १०७ भन्दा बढी स्थानमा सफाइ जारी रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष