काठमाडौँ, ३ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला २ सयले बढेर ९२ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार २ सयामा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





