‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान

फुङ्लिङ, ३ जेठ । ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । पालिकाको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा २४ सै घन्टा नागरिकललाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले रेडियोग्राफी सेवा शुरु गरेको छ । 

तेल्लोकमा शुरु गरिएको सेवा सञ्चालनका लागि कर्मचारीसहितको सेवा सुविधा गाउँपालिकाले बेहोर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जीव सिंहले बताए । विगतका दिनमा पालिकाभित्रका नागरिक रेडियोग्राफी र ल्याब सेवा लिनका लागि धेरै खर्च गरेर ताप्लेजुङको सदरमुकामस्थित जिल्ला अस्पतालमा जानुपथ्र्यो । अहिले आफ्नै गाउँपालिमा त्यस्तो सेवा लिन पाउँदा स्थानीयवासी खुशी भएको सिंहले बताए । गाउँपालिकाकै स्रोतबाट प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवाका लागि मेडिकल अधिकृत, रेडियोग्राफी र ल्याब सेवासमेत उपलब्ध गराइएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष