काठमाडौँ, २९ बैशाख । सरकारले कोरोना संक्रमितका लागि उपयोगी रेमडिसिभिर औषधिको आवश्यकता भएमा चिकित्सकको प्रेस्क्रिप्सन र परिचयपत्र सहित आएमा उपलब्ध गराउने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज एक सूचना जारी गर्दै रेमडिसिभिर औषधिको आवश्यकता भएमा आयन हेल्थकेयर, कुपण्डोलबाट लिन सकिने जानकारी गराएका हुन ।





