दोब्बर मूल्यमा मास्क बेच्नेलाई जरिवाना

काठमाडौँ, २० बैशाख । वाणिज्य,  आपूर्ति  तथा  उपभोक्ता संरक्षण  विभागले  त्रिपुरेश्वरस्थित  अल  फाइन  सर्जिकल सप्लायर्सले  खरिद  गरेभन्दा  दोब्बर  मूल्यमा  सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ ।

विभागको  आकस्मिक  अनुगमन  टोलीले  आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा  साढे  चार  रुपियाँमा  खरिद  मूल्य  परेको सर्जिकल  मास्कको  साढे  आठ  रुपियाँमा  बेचेको पाइएपछि जरिवाना गरेको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले महँगोमा बिक्री गर्ने उक्त मेडिकल सामान आपूर्ति गर्ने आपूर्तिकर्तालाई जरिवाना  गरिएको  जानकारी  दिए । उनका अनुसार यसअघि गत शुक्रबार विभागको सो अनुगमन टोलीले भक्तपुरस्थित हिमालयन लाइफ केयर इन्डस्ट्रिजले पनि महँगो मूल्यमा बिक्री गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको थियो । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष