१ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ९ हजारले बढ्यो

काठमाडौँ, १७ वैशाख । नेपालको प्रतिव्यक्ति आय १ वर्षमा ८ हजार ९ सय ९ रुपैयाँले बढेको छ । गत आर्थिक वर्षमा १ लाख ३२ हजार ४ सय ९९ रहेको प्रतिव्यक्ति आय अहिले बढेर १ लाख ४१ हजार ९ सय ९ रुपैयाँ पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

कोभिड महामारी कै बीच बढेको आर्थिक गतिविधि र केन्द्रीय तथ्यांक विभागले आधार वर्ष समेत परिवर्तन गरेकाले यस वर्ष ६.७२ प्रतिशतले प्रतिव्यक्ति आय बढेको हो ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय लेखामा नयाँ आधार वर्षको आधारमा प्रतिव्यक्ति आयको वृद्धिदर बढेको देखाएको विभागका निर्देशक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । अमेरिकी डलरमा भने यस्तो आय १ हजार ४ सय ८६ अमेरिकी डलर रहेको छ । गत आर्थिक वर्षमा यस्तो आय १ हजार ४ सय २२ डलर थियो । १ वर्षको अवधिमा ६४ डलरले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको