प्रदूषणले फोक्सो र मुटुमा कस्तो असर गर्छ ?

(जेठ ३०, काठमाडौँ) । फोक्सो, मुटु, मिर्गौला र मानसिक स्वास्थ्यमा पनि प्रदूषणले असर पार्छ । हामीले श्वास फेर्दा हावामा भएको हानिकारक तत्व फोक्सोसम्म पुग्छ र त्यसले गम्भीर समस्या निम्त्याउँछ ।

  • लामो समयसम्म प्रदूषणमा रहनेहरुलाई फोक्सोको संक्रमण, क्यान्सरजस्ता श्वासप्रश्वाससम्बन्धी कयौं खालका रोग लाग्ने खतरा हुन्छ ।
  • वायु प्रदूषणबाट फोक्सोका साथै मुटुमा पनि प्रभाव पर्छ । प्रदूषित वातावरणमा लामो समय बिताउनेहरुको मुटु कमजोर हुन्छ ।
  • धूमपानबाट पनि फोक्सोलाई सबैभन्दा बढी हानी पुग्छ । बढी धूमपान गर्नेलाई फोक्सोको क्यान्सर र श्वासप्रश्वासजन्य समस्याको खतरा बढी हुन्छ ।

प्रदूषणबाट कसोरी  बच्ने ?

  • मुखमा मास्क लगाएर हिड्ने गर्नु पर्दछ ।
  • सडक क्षेत्रको घर छ भने झ्यालढोका बन्द गर्ने या एयर प्युरिफायरको प्रयोग गर्नुपर्छ ।
  •  घर नजिक कारखाना या रासायनिक उद्योग छ भने हावाको सम्पर्कमा कम आउनुपर्छ ।

प्रदूषणबाट दम, दीर्घ खोकी, फोक्सोको क्यान्सर, ब्रोङकाइटिस, टाउको दुख्ने, मुटुको धड्कन असामान्य हुने र हृदयाघातका रोगीको संख्या तीब्र रुपमा बढिरहको डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । विपद तथा जोखिमको बेलामा बालमैत्री स्थानीय शासनको बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा

काठमाडौँ, ७ असोज । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका