एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद

काठमाडौँ, ७ असोज । प्रहरीले सुनसरीको इटहरीबाट गाँजा लोड गरिएको एम्बुलेन्स बरामद गरेको छ ।

कोशी लोकमार्गअन्तर्गत पर्ने जंगल क्षेत्रबाट प्रहरीले एम्बुलेन्समा प्लास्टिकले पोका बनाएर राखेको अवस्थामा ४५० किलो गाँजा बरामद गरेको हो ।

मंगलबार राति करिब साढे ११ बजे इटहरी उपमहानगरपालिका–२० तरहरास्थित पानीपिया जंगल नजिकै बा २ च ९५७३ नम्बरको त्रिवेणी सांस्कृतिक समूहको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोज्दा चालकले भगाएका थिए । प्रहरीले पिछा गरेपछि एम्बुलेन्स छाडेर चालक फरार भएका थिए ।

प्रहरीले एम्बुलेन्स र ४५० किलो गाँजा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ । एम्बुलेन्समा गाँजा भेटिएको यो पहिलो पटक भने होइन्, यसअघि पनि पटक-पटक एम्बुलेन्समा गाँजा बरामद भएको थियो । २९ वैशाखमा धरानमा को१च ७३५९ नम्बरको एम्बुलेन्समा ४४९ किलो गाँजा फेला परेको थियो ।

यसैगरी गत २१ वैशाख पनि सुनसरीको बराहक्षेत्र नगरपालिका–२, पुलठ्ठे गैडामा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद भएको थियो । १३ पुस २‌०८२ मा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले हवाई फायर गरी प्र‍‍ १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद गरेको थियो । केराबारी गाउँपालिका–५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ एम्बुलेन्सलाई चालकले भगाएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

२७ पुस २०८२ मा प्रहरीले साँगुरीगढी गाउँपालिका–६ स्थित कोशी राजमार्गमा रोकेर राखिएको ना४च ६४७४ नम्बरको एम्बुलेन्सबाट ४५१ किलो गाँजा फेला परेको थियो। गत १९ कात्तिकमा जहदा गाउँपालिका– ३ बाट स‍ १ च ६५६ नम्बरको एम्बुलेन्सबाट ३३ किलो ६१० ग्राम गाँजा बरामद भएको थियो ।

पछिल्ला पाँच आर्थिक वर्षमा कोशीमा ७२ हजार केजीभन्दा बढी गाँजा बरामद भएको छ । आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा १० हजार ४२० केजी गाँजा बरामद भएको थियो । २०८१/८२ मा २६ हजार ७०५ केजी र २०८२/८३ मा २७ हजार ६७१ केजी गाँजा बरामद भएको प्रहरीको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ

काठमाडौँ, ८ कार्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ