नेप्से परिसूचक २७ सयभन्दा तल पुग्यो

काठमाडौँ, ५ बैशाख । आज आइतबार सेयर बजारमा ‘करेक्सन’ देखिएको छ । केही दिन लगातार बढेको बजारमा करिब ३६ अंकको करेक्सन हुँदा परिसूचक पुनः २७ सयभन्दा तल पुगेको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ३५ दशमलव ८९ अंकले करेक्सन भएर २ हजार ६ सय ९९ दशमलव ५१ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २९ अंकले घटेको छ । कारोबार रकम ८ अर्ब ८० करोड भन्दा धेरै भएको छ । नेप्सेमा कारोबार हुने म्युचुअल फण्ड बाहेकका सबै समूहका सबइन्डेक्सहरु घटेका छन् । कारोबार सेयर संख्याका आधारमा पहिलो नम्बरमा एभरेष्ट बैंक देखिएको छ । ८ सय ११ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको एभरेष्टको १० लाख ८६ हजार ५ सय कित्ता सेयर किनबेच भएको छ । ब्रोकर नम्बर ५८ बाट एभरेष्टको धेरै कारोबार भएको देखिएको छ ।

यसैगरी कामना सेवा विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, गरिमा विकास बैंक, कुमारी बैंक तथा ग्लोबल आइएमई बैंक पनि कारोबार सेयर संख्याका आधारमा अगाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको