नेपालमा एचआइभी/एड्सबाट प्रभावितको संख्या २९ हजारभन्दा धेरैः कोरोनाको जोखिम उच्च

काठमाडौँ, चैत ३० गते । एचआइभी/एड्सबाट प्रभावितको सन् २०२० को तथ्याङ्कले ११ हजार ९१६ जना महिलाको सङ्ख्या रहेको देखाउँछ । त्यसो त त्यसबाट प्रभावित पुरुषको सङ्ख्या पनि १७ हजार ५८७ जना तथ्याङ्क छ ।

नेपाली समाजमा पुरुषका नाममा घर, सम्पती, शिक्षा, सिप हुने र प्राय पुरुष घरबाहिरको काम, व्यवसायमा संलग्न रहेर कमाउने भएकोले घरमै सम्मानित जीवन बाँच्न पाउँछन् भने महिलाको हकमा यदि सङ्क्रमण भएको थाह भए घरमा मात्र होइन, समाजबाटै तिरस्कृत हुनुपर्ने अवस्था अझै रहेको अभियन्ता नातीसरा राईको अनुभव छ ।

एचआइभी÷एड्सबाट प्रभावितको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । उनीहरुलाई एन्टीरेक्टल भाइरल थेरापी –(एआरटी)को दैनिक सेवनको साथै पोसिलो खानाको व्यवस्थासहित सङ्क्रामक रोग लाग्नबाट बचाउनुपर्ने हुन्छ । तर विश्वलाई नै प्रभावित पारेको कोरोना सङ्क्रमणको पहिलो लहरलाई जसोतसो झेलेपनि दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणको लहरले भने प्रभावितको जीवन रक्षाका लागि काम गरिरहेका संस्था, व्यक्ति र अभियन्तालाई फेरि चिन्तामा पारेको छ ।

यसखालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि रोगसँग लड्ने क्षमता कम भएकाहरु व्यक्तिहरु झनै प्रभावित हुने निश्चित छ । विगत दस वर्षदेखि एचआईभी÷एड्सबाट प्रभावितका बीच काम गरिरहनुभएकी नातीसरा राई महामारीको बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिहरु बढि प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाको कार्यक्रम वा तयारी हुनुपर्नेमा जोड दिनुहुन्छ ।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थालाई समाज, परिवारले नबुझ्दाको पीडा महिलाले बढि भोग्नुपरेको घरदैलो कार्यक्रममार्फत भेटिएका दिदीवहिनीको पीडालाई उहाँले नजिकबाट नियाल्नुभएको छ । राई प्रभावितको जीवन लम्ब्याउने, यसप्रति सचेतना फैलाउने काम गरिरहनुभएकी अभियन्ता हुनुहुन्छ । राईले प्रभावित महिला, बालबालिकाको रोजगारी, शिक्षा, स्वास्थ्य, औषधि उपचार, पौष्टिक आहार जुटाउने प्रयास गर्दै आउनुभएको छ ।

यस महामारीका कारण अन्य व्यक्तिको साथै एचआईभी/एड्सबाट प्रभावित व्यक्ति विशेषगरी महिलाकै रोजगारी खोसिने अवस्थाले पौष्टिक आहारका साथै एन्टिरेक्टल भाइरल थेरापी (एआरटी) जस्ता जीवन उपयोगी औषधि एक दिन पनि नटुटाई खानुपर्ने व्यक्ति झन् बढी प्रभावित हुने उहाँ बताउनुहुन्छ । एचआईभी/एड्सको सङ्क्रमण पनि अन्य रोग जस्तै हो, नियमित औषधि र पोषणयुक्त आहारका साथै आफ्नो स्वस्थ दैनिकी कायम गर्न सक्नेले यसबाट प्रभावित भएपछि पनि लामो आयु बाँचेको उदाहरण प्रसस्त रहेको शक्ति मिलन समाजले जनाएको छ ।

एचआइभी÷एड्स प्रभावितलाई नकारात्मक दृष्टिकोणले हेर्ने, समाजले तिरस्कार गर्ने कारणले धेरै महिला/पुरुष र प्रभावितबाट जन्मिएका सन्तानको समेत पहिचान लुकाएर राख्नुपर्ने अवस्थाको अन्त्यका लागि सन् २००६ मा शक्ति मिलन समाजको स्थापना गरेर राईले काम गर्दै आउनुभएको छ ।

यो संस्थाले सांस्कृतिक कार्यक्रम, नाटक मञ्चन गर्दै ‘एक रुपियाँ’ अभियान, घरदैलो कार्यक्रम र परामर्श सेवा र संरक्षण उद्धार नै गर्नुपर्नेहरुका लागि विभिन्न संस्थासँगको समन्वय गर्दै सामुदायिक हेरचाह सेवा पनि सञ्चालन गर्दै आएको छ भने पछिल्लो समय आम्दानीको नियमित र दीर्घकालीन स्रोत व्यवस्थापनको उद्देश्यले फूलको नर्सरी सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

यसबाट प्रभावित श्रीमान्का कारण नेपालमा धेरै महिला थाहा नै नपाई एचआईभी÷एड्सबाट प्रभावित भएका छन्, भने असुरक्षित रगत, एउटै सुई धेरैले प्रयोग गर्ने अवस्था लगायतको माध्यमबाट एचआईभी÷एड्स सर्दा महिलाले खुलेर बाँच्न पाउने हक गुमाएको, महामारी, प्राकृतिक विपत्ति, भुकम्पलगायतका समयमा उनीहरु एआरटी औषधि नपाउने, खाद्यान्नको समस्यामा पर्न सक्ने, जोखिमलाई राज्यले पनि ध्यान दिनुपर्छ भन्दै शक्ति मिलन समाज, राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घलगायतको आग्रह छ ।

राष्ट्रिय एचआईभी तथा एड्स महासङ्घका अनुसार नेपालमा हाल २९ हजार ४२० जना महिला/पुरुष एचआईभी/एड्सबाट प्रभावित छन् र २१ हजार ७२० जनाले मात्र नियमित एआरटी खाइरहेका छन् । प्रभावितको तथ्याङ्कमध्ये बालबालिकाको सङ्ख्या मात्र १३ हजार ३६ छ । महासङ्घका वरिष्ठ कार्यक्रम संयोजक प्रकाशनाथ योगीले २९ हजारभन्दा बढी प्रभावितमध्ये आठ हजारभन्दा बढीले औषधि खाइरहेका छैनन् भने उनीहरुको खोजी हुनुपर्ने बताउनुभयो ।

महामारी, प्राकृतिक विपत्तीको बेलामा एक दिन पनि नटुटाई खानुपर्ने एआरटी प्रभावितसम्म पु¥याउन समस्या आउन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्ने उहाँको भनाई छ । सरकारले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको स्थापना गरी देशैभर रहेका प्रभावितका लागि एआरटी निःशुल्क उपलब्ध गराइरहेको छ । विगतमा सरकारले पाँच वर्ष मुनिका बालबालिकाको हकमा पौष्टिक आहार पनि वितरण गर्दै आएकोमा हाल हटाइएकोप्रति महासङ्घले त्यो सुविधा पुनः सञ्चालन गर्नुपर्ने आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष