चीनमा एमविविएस अध्यनरत विद्यार्थीप्रति मेडिकल काउन्सिल गैर जिम्मेवार

काठमाडौँ, १० चैत । चीनले विदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिड १९ बाट बच्न नेपाल आएका उनीहरु फेरि जान पाएका छैनन् । त्यहि कारण उनीहरुले अहिले सास्ती खेपिरहेका छन् ।

एमविविएस पढिसकेर कोरोनाको कारण नेपाल फर्किएका विद्यार्थीहरूको जम्मा ३-४ महिना इन्टर्नसिप बाँकी छ । बाँकी पढाइ र इन्टर्नसीपका लागि चीन जानसक्ने अवस्था नभएपछि र बिगत १४-१५ महिनादेखि नेपाल मेडिकल काउन्सिलसँग वारम्वार संघर्ष गर्दा पनि काउन्सिलको ध्यानाकर्षण नभएपछि उनीहरुको भविष्य अन्यौलमा परेको हो । चीनबाटै फर्किएका अन्तिम वर्षका एमडी विद्यार्थीहरूलाई भने धेरै दबाब आएपछि बाँकी अध्ययन नेपालमै गर्ने व्यवस्था मिलाएको छ । तर अहिलेसम्म एमविविएस का विद्यार्थीहरूलाई काउन्सिलले वास्ता नै गरेको छैन ।

उनीहरुले सोमवार नेपाल मेडिकल काउन्सिल अगाडि शान्तिपूर्ण रुपले माग पूरा गरिदिन धर्ना दिएका छन् । चीनको विश्वविद्यालयले अहिलेको परिस्थितिमा विद्यार्थीहरुलाई बोलाउन नसकिने जानकारी दिएपछि उनीहरुले नेपालमै छोटो समयको बाँकी इन्टर्नसिप दिलाइदिन माग गरेका छन् । झन्डै एक वर्षदेखि रोकिएको विद्यार्थीहरुको इन्टर्नसिप अझै एक वर्ष टुंगो नलाग्ने भएपछि र सबै निकायलाई यसबारे जानकारी भएतापनि मौन बसेकाले उनीहरु निराश भएका हुन् ।

कोरोना भाइरसको महामारीसँग देशमा स्वास्थ्य जनशक्तिको खाँचो हुँदा निशुल्क स्वास्थ्य सेवामा जुट्न तयार भएपनि विद्यार्थीहरुलाई अन्यौलमा राखिएको छ । कोरोनाको महामारीमा जहाँ अन्य मुलुकहरुले आफ्ना देशका मेडिकल विद्यार्थीहरुलाई सहजीकरण र जनशक्ति तयार हुने भएकाले नियमहरुमा लचकता ल्याएपनि नेपालमा भने विद्यार्थीहरुलाई अझै २—३ वर्ष भएपनि कुनुर्छ भन्ने सोच राख्ने निकायहरुप्रति विद्यार्थीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरुले नेपालमै केही समय बाँकी रहेको इन्टर्नसिप पूरा गरिदिन विभिन्न निकायमा सहयोग माग्दा वास्ता नभएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । आगलागीका कारण महत्त्वपूर्णकागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन्

काठमाडौँ, ३१ भदौ । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३१ भदौ । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते

काठमाडौँ, ३१ भदौ । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा