झापाका ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप

झापा, ८ चैत । झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ । यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले मात्र खोप लगाएका छन् ।

शिवसताक्षी नगरपालिकाका चार हजार ७४९ ले, गौरादह नगरपालिकाका चार हजार ६५३ ले, विर्तामोड नगरपालिकाका तीन हजार ७७३ ले, कनकाई नगरपालिकाका तीन हजार ४९९ ले, कमल गाउँपालिकाका तीन हजार २४८ ले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् । यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८५४ ले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३ ले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४५१ ले, कचनकबल गाउँपालिकाका दुई हजार १२३ ले, हल्दिबारी गाउँपालिकाका दुई हजार एकले, झापा गाउँपालिकाका एक हजार ८२३ ले, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७०९ ले र बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले उक्त खोप लगाइसकेका छन् ।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । आगलागीका कारण महत्त्वपूर्णकागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन्

काठमाडौँ, ३१ भदौ । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३१ भदौ । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते

काठमाडौँ, ३१ भदौ । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा