बढी शुल्क लिएर कोरोना परीक्षण गर्ने दुई अस्पताल कारबाहीमा

काठमाडौँ, ६ चैत । कोरोना परीक्षणमा सरकारले निर्धारण गरेभन्दा धेरै शुल्क असुलेका दुई अस्पताल कारबाहीमा परेका छन् । 

जिल्ला प्रशासन कार्यालय चितवनले पुरानो मेडिकल कलेज भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पीसीआर शुल्क धेरै असुलेको भन्दै मुद्दा दायर गर्दै कारबाही गरेको हो । 

शिक्षण अस्पताललाई १८ लाख र स्टार अस्पताललाई पाँच लाख रुपैयाँ धरौटी मागसहित मुद्दा दायर गरिएको हो । शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालले संकलन गरिएको नमुना स्टार अस्पताल पठाउने गरेको थियो । 

सरकारले पीसीआर शुल्क दुई हजार  रुपैयाँ तोकेकामा अस्पतालले तीन हजार रुपैयाँ शुल्क लिएपछि प्रशासनले कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष