अब कोरोनाविरुद्धको खोप भित्र्याउन निजी क्षेत्रलाई पनि अनुमति

काठमाडौँ, २ चैत । सरकारले विदेशबाट कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) भित्र्याउन निजी क्षेत्रलाई पनि अनुमति दिने भएको छ ।

औषधि व्यवस्था विभागले निजी क्षेत्रलाई पनि खोप आयात गर्न दिने जनाएको हो । विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त खोपको प्रयोग तथा आयात गर्न अनुमति लिन इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतालाई आवेदन दिन भनेको छ । सूचना जारी भएको मितिले ७ दिनभित्र औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता २०७७ को नियमभित्र रहेर आवश्यक कागजातसहित आवेदन गर्न आह्वान गरिएको छ

आवेदन दिन चाहानेले खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा १० प्रतिशतभन्दा बढी नहुनेगरी विवरण पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । आगलागीका कारण महत्त्वपूर्णकागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन्

काठमाडौँ, ३१ भदौ । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३१ भदौ । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते

काठमाडौँ, ३१ भदौ । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा