नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण

काठमाडौँ, १ चैत । नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काभ्रेका ११ महिने बालकलाई शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. रमेशसिंह भण्डारीले जानकारी दिए ।

उनका अनुसार जन्मजातदेखि नै कलेजोमा समस्या भएकाले बालकलाई ३५ बर्षका बाबुले कलेजो दिएपछि प्रत्यारोपण गरिएको हो ।  प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस अस्पताल भारतका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोलीले सहयोग गरेको थियो । त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारी सुरु भएदेखि पहिलो पटक कजेजो प्रत्यारोपण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष