देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप

काठमाडौँ, २० फागुन । देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म केकति क्षति भयो भन्ने बारेमा यकिन तथ्यांक भने आउन सकेको छैन । काठमाडौंको तारकेश्वर नगरपालिकामा किसानले पालेका हाँस र टर्कीमा बर्ड फ्लू रोगको संक्रमण पुष्टि भएपछि पशुसेवा विभागले देशैभरि व्यापक रूपमा गरेको नमूना परीक्षणका क्रममा रानिखेत रोगको संक्रमण देखिएको हो । आफ्ना मातहतका पाँचओटै प्रयोगशालामार्फत गरेको नमूना परीक्षणमा रानिखेत रोगको संक्रमण अन्य रोगभन्दा बढी देखिएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले आर्थिक अभियान दैनिकलाई बताए ।

उनका अनुसार संक्रमण यसरी व्यापक रूपमा फैलनुका कारण यकिन भइसकेको छैन । ‘यो हाम्रो प्रकृतिमा एक स्थापित रोगजस्तै हो, यो वर्षैभरि रहिरहन्छ । तर, अहिले जसरी व्यापक रूपमा संक्रमण देखिएको छ यो भने असामान्य तरीकाले देखिएको छ,’ उनले भने । यो भाइरसका माध्यमबाट सर्ने रोग भएकाले किसानले कुखुरामा रोग देखिनुअगावै भ्याक्सिन लगाएमा रोग आफै नियन्त्रण हुन्छ । तर, कतिपय स्थानमा भ्याक्सिन लगाएका कुखुरामा समेत रोग पुष्टि भएकाले भाइरसको क्षमता परिवर्तन भएको अथवा भाइरसले भ्याक्सिनलाई जितेको हुन सक्ने अनुमान पशुसेवा विभागकोे रहेको छ । विभागले देशैभरका विभिन्न स्थानमा रानिखेतले व्यापक रूप लिएको बताएको छ ।

के हो रानिखेत रोग ?
रानिखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने सरुवा रोग हो । दक्षिण एशियामा यो रोग सर्वप्रथम भारतको उत्तराञ्चलस्थित रानिखेत भन्ने स्थानमा देखिएकाले यसको नामकरण पनि रानिखेत हुन गएको हो । विज्ञहरूका अनुसार यो रोग संक्रमित दाना, पानी, चराचुरुङ्गी र हावा पानीको माध्यमबाट फैलिने गर्छ । यसले कुखुराको श्वासप्रश्वास र स्नायु प्रणालीमा असर गर्छ, जसले गर्दा कुखुरालाई सास फेर्न समस्या हुने र चुच्चो र नाकबाट पानीजस्तो बाक्लो पदार्थ निस्कने भएकाले कुखुरामा टाउको झट्काउने, घाँटी तान्ने, फनफनी घुम्ने, खुट्टाको पक्षघात हुने, घाँटी बटार्ने, फुल पार्न कम हुनेलगायत लक्षण देखिन सक्छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

काठमाडौँ, १ असोज । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा एक जना चितवनबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

काठमाडौँ, १ असोज । स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा ईभी माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १ असोज । स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ३४ लाख ९५ हजार रूपैयाँसहित  २ जनालाई