जाजरकोटमा चलचित्र ‘मालिका’को छायांकन सम्पन्न

(जेठ २३, काठमाडौँ) । चर्चित नायिका तथा निर्देशक रेखा थापाको चलचित्र ‘मालिका’को जाजरकोटमा छायांकन सकिएको छ ।

जाजरकोटको सुटिङका क्रममा बालबालिकादेखि जेष्ठनागरिकसम्म हजारौंको संख्यामा स्थानीय जम्मा भएका थिए । स्थानीयले चलचित्रको टिमलाई स्वागत गरेका थिए । जाजरकोटमा छायांकनको क्रममा रेखालाई जाजरकोटको ७० वर्षीया आमाले  भनिन ‘अब यो जुनिमा फेरि भेट सायद नहोला । नाचेर जाऊ नानी’ । चलचित्रको सुटिङले जाजरकोटका छोरीमा विश्वास र सोच जागेको विश्वाससमेत लिएको छन् ।

लक्ष्मी पूजाका दिन रिलिज गरिने यो चलचित्र महिला हिंसा र बालविवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्दि्रत रहेको छ ।

चलचित्रमा जाजरकोटको कालेगाउँकी १४ वर्षीय कमला वली मुख्य भूमिकामा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको