भक्तपुरमा प्रत्यारोपण केन्द्रद्वारा मुटुको ओपन शल्यक्रिया शुरु

भक्तपुर, १३ फागुन । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ९पहिलेको मानव अंग प्रत्यारोपण केन्द्र० भक्तपुरले बुधवारदेखी मुटूको ओपन शल्यक्रिया शुरु गरेको छ । जिल्ला मै एक मात्र मुटू रोगको सेवा उपलब्ध गराउन शुरु गरेको हो ।

उक्त केन्द्रमा पछिल्लो ३ महिनादेखि मुटुको इन्टरभेन्सनल शल्यक्रिया भइरहेका छन् । प्रत्यारोपण केन्द्रमा मुटूको एन्जियोग्राम, स्टेण्टिङ्ग जस्ता शल्यक्रियाहरु पनि लगातार भैरहेका छन् । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा डा प्रेमराज ज्ञवालीका अनुसार कोभिड-१९ को कारणले संसार भरि नै स्थगित भएको मृगौला प्रत्यारोपणको शल्यक्रिया पनि गत तिहार अगाडीदेखि नै यस केन्द्रले शुरु गरिसकेको छ । हालसम्म १२ जना बिरामीहरुमा मृगौला प्रत्यारोपण गरि सकिएको छ ।

त्यसै गरी आज गरिएको मुटूको ओपन शल्यक्रियामा यस केन्द्रका कार्डियो(थोरासिक तथा भास्कुलर विभागका शल्य चिकित्सकहरु डा सम्पूर्णमान तुलाधर, डा संजित शाह, डा रीचा जोशीको नेतृत्वमा भएको थियो । प्रा डा ज्योतिन्द्र शर्मा, डा मुरारी उप्रेती र पर्फ्युजनिस्ट महेन्द्र भट्टको टीमको सहयोगमा उक्त अपरेसन गरिएको थियो । एनेस्थेसिया विभागका चिकित्सकहरु डा आरती राई, डा निभा, डा सोभित र डा सुशील तामांग तथा अपरेसन थियटरका नर्सहरु कामना र ज्योतीको प्रत्यक्ष संलग्नता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग