नेपालमा ४ लाख ३० हजार जनाले लगाए कोरोना खोप

काठमाडौँ, १२ फागुन । नेपालमा आजसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् ।

त्यसपछि माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४८० जनाले खोप लगाए । फागुन २ देखि १० गतेसम्म नापी, जिल्ला प्रशासन कार्यालयलगायतमा काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३६० जनाले खोप लगाएका स्वास्थ्य सेवा विभागले जनाएको छ ।

त्यस्तै फागुन १० गतेसम्म नेपालको कुल जनसंख्याको १.४ प्रतिशतले खोप लगाइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

काठमाडौँ, १ असोज । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा एक जना चितवनबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

काठमाडौँ, १ असोज । स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा ईभी माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १ असोज । स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ३४ लाख ९५ हजार रूपैयाँसहित  २ जनालाई