संसदमा अर्थमन्त्रीको जवाफ : सरकार प्रतिस्पर्धा होइन सहकार्य गर्छ, नीति तथा कार्यक्रम सफल हुन्छ

(जेष्ठ २०, काठमाडौं) । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको आइतबार संघीय संसदमा जवाफका क्रममा वर्तमान सरकार प्रतिस्पर्धा गर्ने नभई सहकार्य गरी अघि वढ्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले बजेट ‘समृद्ध नेपाल सुखी नेपाली’ को उदेश्यअनुसार नै ल्याइएको बताएका छन् । उनले भने सम्बृद्धिबाट समाजवादतर्फको यात्रामा उन्मुख छौँ । सर्वाङ्गीण विकासको कुरा गरेको छ । सामाजिक सुरक्षा ल्याएको छ । बजेटले श्रम सिपको मुल्याङ्कन गरेको छ ।

उनले स्याउ र सुन्तलालाई एकै ठाउमा नराखी स्याउलाई स्याउ भनौ र सुन्तलालाई सुन्तला भन्न आग्रह समेत गरेका छन् । सत्यलाई सत्य र झुटोलाई झुटो तथ्यपुरक रुपमा प्रस्तुत हुन सम्पूर्ण राजनैतिक दललाई आग्रह गरेका छन् । उनले भने राष्ट्रिय अर्थतन्त्र र पुँजीसँग जोड्न श्रमलाई प्राथमिकता दिएको भन्दै संघीयता खर्चिलो भएपनि धान्नुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन् ।

त्यस्तै वर्तमान सरकार नीजि क्षेत्र, सरकार र नीजि क्षेत्रबीच सहकार्य भएरै अगाडि बढ्ने बताउँदै बजेट असिमित श्रोतको भण्डार होइन, यसका निश्चित सीमा हुन्छन् । त्यो सीमा अनुसार नै बनाइन्छ । गणितविनाको बजेट बन्दैन । राजश्व नउठाउ, बजेट बढाउ, प्रदेशमा रकम धेरै बढाउ भन्ने कुरा असत्य भएको बताएका छन् ।

कर प्रणालीमा प्रगतिशिल प्रणाली अपनाएकै बताउँदै धेरै कमाउनेले धेरै र थोरै कमाउनेले थोरै कर तिर्नुपर्छ यो स्वभाविक भएको बताएका छन् । उनले भने करको दर ३५ बाट ३६ पारेको मात्रै हो । धेरै मुलुकमा ५० प्रतिशत बढि छन् त्यहाँ नीजि क्षेत्र डराएका छैनन् । संस्थागत आयकर हामीले छोएका छैनौं । १५,२० र २५ प्रतिशत यथावत छन् ।’

अर्थमन्त्री खतिवडाले आर्थिक बृद्धि ८ प्रतिशत सम्भव भएको दोहोर्याएका छन् । मन्त्री खतिवडाले बजेटमा विभेद नभएको बताउँदै भने मधेस, पहाड हाम्रै हो । हामीले कही कतै विभेद गरेको छैन । निश्चित फर्मुलाका आधारमा बजेट विनियोजन गरेका हौ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार