आज विश्व क्यान्सर दिवस विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौँ, २२ माघ । आज विश्व क्यान्सर दिवस ,नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ ।

क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिएको छ । 

विश्वमा प्रत्येक वर्ष  १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ संगठनको तथ्यांक रहेको छ । जसमध्ये करिब ८० लाख मानिसको  मृत्यु हुने गरेको छ । 

नेपालमा प्रतिवर्ष २६ हजार मानिसमा क्यान्सर लाग्ने गरेको बताइएको छ । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ । हाल नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ । 

नेपालमा सबैभन्दा बढि देखिनेमा फोक्सोको क्यान्सर रहेको नेपाल अर्बुद रोग निवारण संस्थाको तथ्यांकले देखाएको छ । त्यसपछि आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । २२ प्रतिशत क्यान्सर भने  धुमपानका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग