टोखामा विद्यार्थीद्वारा रक्तदान

काठमाडौँ, १८ माघ । कोभिड–१९ को महामारीमा रगतको अभाव भइरहेका बेला टोखा नगरपालिका स्वास्थ्य शाखा, बसुन्धरास्थित साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शनिबार स्वास्थ्य परीक्षणका साथै रक्तदान आयोजना गरिएको छ ।

रगतको अभाव कम गर्न र रचनात्मक सामाजिक सेवामा विद्यार्थीलाई प्रेरित गर्न कार्यक्रम गरिएको रिसर्च सेन्टरका अध्यक्ष एवं साउथवेस्टन स्टेट कजेलका सहायक प्रिन्सिपल हरिसिंह केसीले बताउनुभयो । 

सो कलेजमा अध्ययनरत बिएसडब्लु(स्नातक तह, सोसल वर्क)का विद्यार्थीको संयोजनमा गरिएको कार्यक्रममा करिब १०० जनाले रक्तदान गरेको जनाइएको छ । विद्यार्थी समूहका संयोजक विद्यार्थी अभिशेक शर्माले विद्यार्थीले वृद्धाश्रममा खाना खुवाउने, लत्ता कपडा तथा औषधि वितरणलगायतका सेवामूलक कार्यक्रम गर्दै आएको जनाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा