दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ, १३ माघ । आज सेयर बजारमा कारोबार दोहोरो अंकको करेक्सन भएको छ । आज बजार परिसूचक नेप्से १७.७९ अंकले घटेर २४२३.०९ अंकमा बन्द भएको छ ।

नेप्सेमा २१ कारोबार दिनपछि आज २२औं दिनमा दोहोरो अंकको करेक्सन भएको हो । यसअघि पुस १२ गते ३९.९ अंकको करेक्सन भएको थियो । नेप्सेमा ४४० अंकभन्दा माथिले वृद्धि भएर आज माघ १३ गते दोहोरो अंकको करेक्सन भएको छ । यसबीचमा तीन कारोबार दिनमा नेप्सेमा एकल अंकको सामान्य करेक्सन देखिए पनि दोहोरो अंकको करेक्सन भने २२औं कारोबार दिनमा मात्रै भएको हो । मंगलबार प्रि-ओपन सेसनमा २० अंकभन्दा माथिले बढेर २४६१.४३ अंकमा खुलेको नेप्सेले आजको इन्ट्रा-डे कारोबारमा २४६३.५८ अंकको उचाइ कायम गरेको थियो भने २४१९.४६ अंकसम्म झरेको थियो । लगातार बढेको बजारमा सुरुवाती समयदेखि नै उचारचढाव देखिएको बजारले इन्ट्रा-डे कारोबारमा भने आज पनि नयाँ उचाइ कायम गरेको हो । सोमबार इन्ट्रा-डे कारोबारमा २४५७.७५ अंकसम्म पुगेको नेप्सेले आज नयाँ उचाइ कायम गरेको हो ।

होटेल र वित्त कम्पनीबाहेक सबै समूहको उपसूचक रातो हुँदा नेप्से पनि ४ करोबार दिन पनि रातो देखिएको हो । नेप्सेमा आज होटेल समूहको सूचक २.६८ प्रतिशत र वित्त कम्पनी समूहको उपसूचक १.१२ प्रतिशतले बढेको छ । त्यसबाहेक सबै समूहको उपसूचक ओरालो लाग्दा व्यापार समूहको उपसूचक ३.१ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावरको उपसूचक १.४३ प्रतिशत, लघुवित्तको उपसूचक १.४७ प्रतिशत, अन्य समूहको उपसूचक १.३६ प्रतिशत र विकास बैंकको उपसूचक १.१५ प्रतिशतले घटेको छ । यस्तै बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ उपसूचक पनि ०.३८ प्रतिशतले घटेको छ ।

लगातार रुपमा उच्च कारोबार हुँदै आएको बजारमा आज पनि सवा ८ अर्बमाथिको कारोबार भएको छ । आज नेप्सेमा ६३ हजार ८१८ वटा कारोबारमा २०७ कम्पनीको एक करोड ९६ लाख ६ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २७ करोड ९७ लाख १ हजार रुपैयाँको कारोबार भएको छ ।प्रस्तावित ५१ प्रतिशत लाभांश बुक गर्ने अन्तिम दिन भएकाले आज लगानीकर्ता नेपाल लाइफको लाभांशमा झुम्मिएका छन् । आज नेप्सेमा नेपाल लाइफको मात्रै एक अर्ब ४५ करोड सात लाख ६४ हजारको कारोबार भएको छ । त्यस्तै नेपाल बैंकको ५२ करोड ५३ लाख २८ हजारको कारोबार भएको छ ।

नेप्सेमा करेक्सन भए पनि गुराँस लघुवित्त, प्रभु लाइफ र युनाइटेड फाइनान्सको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । शिवश्री हाइड्रोपावरको सेयर मूल्य करिब ५ प्रतिशतले ओरालो लाग्दा प्रोग्रेसिभ फाइनान्स, राष्ट्रिय बिमा कम्पनी, सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावरको सेयर मुल्य ४ प्रतिशत माथिले घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको