खोप लगाउन कोही नागरिक वञ्चित नहुने

काठमाडौँ, २९ मंसिर । स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए ।

उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई लगाउने कामलाई योजनाबद्ध तरिकाले अगाडि बढाइरहेको छ ।’ नेपालमा ७२ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारको योजना छ । विश्वमा १४ वर्षभन्दा मुनिका बालबालिका लागि कोरोना खोप नबनेकाले नेपालका बालबालिकाले खोप पाउनेछैनन् । देशको जनसंख्यामध्ये २८ प्रतिशत बालबालिका रहेका छन् ।

नेपाललाई ‘कोभ्यास’मार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराइनेछ । खोप विकास क्रममा रहेकामध्ये गुणस्तरयुक्त, लागत कम, पूर्वाधारमैत्री एवं विद्यमान कानुनअनुरूप उपलब्ध गराउन खोप सल्लाहकार समितिको परामर्शका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामलाई अगाडि बढाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोप विज्ञ समित र आठ वटा प्राविधिक समितिले खोप व्यवस्थापन, खोप सञ्चालन एवं खोप सञ्चारसहितको आवश्यक कार्य अगाडि बढाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ३० भदौ । नेपाल स्टक एक्सचेन्ज परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ । नेप्से परिसूचक ४८.५७ अङ्क अर्थात

काठमाडौँ, ३० भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले