रगतको चरम अभाव

काठमाडौँ, २८ मंसिर । नेपालमा रगत व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रले सामान्य अवस्थामा शनिबार मात्र चार सय युनिट रगत सङ्कलन गर्ने गर्दथ्यो ।

शनिबार प्रायः १०/१२ स्थानमा रक्तदान कार्यक्रम आयोजना हुन्थे । एउटै स्थानबाट ५० युनिटभन्दा धेरै रक्तदान गर्ने स्वयंसेवी हुन्थे । आज (शनिबार) काठमाडौंँ उपत्यकामा जम्मा दुई स्थानमा मात्र रक्तदान गरियो । एक स्थानबाट २५ युनिट र अर्कोबाट ३१ युनिट गरी जम्मा ५६ युनिट रगत सङ्कलन भयो । यसले नेपालमा यतिबेला रगतको चरम अभाव छ भनेर पछिल्लो पुष्टि हो ।

सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकारले रगतको चरम अभाव भएको जानकारी दिए । उनका अनुसार अभावबीच स्वयंसेवी रक्तदाताले गरेको रक्तदानले गर्दा बिरामीले रगत नपाएको अवस्था भने छैन । अहिले काठमाडौँका मुख्य–मुख्य अस्पतालले ब्लड बैङ्कको व्यवस्था गरेर आफ्ना अस्पतालका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराएका कारण रगतको अभाव पूर्ति गर्न सहज भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ३० भदौ । नेपाल स्टक एक्सचेन्ज परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ । नेप्से परिसूचक ४८.५७ अङ्क अर्थात

काठमाडौँ, ३० भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले