कुटपिट गरी युवकको हत्या, तीन पक्राउ

कैलाली, १४ कार्तिक । कार्तिकको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका बताए ।

तिमल्सिनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । घटना भएको ठाउँ जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमानामा पर्दछ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डडेल्धुरा, १६ वैशाख । डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ ।  नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको

काठमाडौँ, १६ वैशाख । दैलेखमा आगलागीबाट एक घर र दुई वटा गोठ जलेर नष्ट हुँदा  लाखौँको क्षति भएको छ ।

काठमाडौँ, १६ वैशाख । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका

काठमाडौँ, १६ वैशाख । सरकारले आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ ।   हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट,