काठमाडौँ, १९ भदौ । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ ।
अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट यो सहायता उपलब्ध हुन लागेको हो ।





