एन आई सी बैंकद्वारा प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग

काठमाडौँ, १८ भदौ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त Bright School System नामक सफ्टवेयर सहयोग गरेको छ । सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नो प्रयासबाट उक्त सफ्टवेयर प्रदान गरेको हो ।

विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फारम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक विदाहरू, विद्यार्थीहरूको गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचनाहरू लगायतका सुविधाहरू रहेको सफ्टवेयरबाट उक्त स्थानीय निकायहरूका प्रगति माध्यमिक विद्यालय, वाकवाणी माध्यमिक विद्यालय, जगन्नाथ माध्यमिक विद्यालय, भगवति माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालय, जनसेवा माध्यमिक विद्यालय, महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, सार्वजनिक आधारभूत विद्यालय, ज्योति माध्यमिक विद्यालय, रमवापूर माध्यमिक विद्यालय, धन्याञ्चल महायज्ञ माध्यमिक विद्यालय, विरेन्द्र आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, सोमनाथ आधारभूत विद्यालय, सुनवल आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र जितेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत करिब २५ हजार विद्यार्थी तथा अभिभावकहरू लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, २२ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने उल्लेख गरेका

काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेको लगाएका

काठमाडौँ, २१ कार्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहअन्तर्गत सार्वजनिक सेवा प्रवाह हुने

काठमाडौँ, २१ कार्तिक । कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलनको आयोजना