‘ह्याप्पी लर्निङ प्याक’ का लागि टेलिकम र प्याब्सनबीच सम्झौता

काठमाडौँ, १६ भदौ । नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराईरहेको न्यूनतम मुल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रुपले प्रयोग गर्न सक्नेछन् ।

कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच मिति २०७७ भदौ ८ मा सम्झौता भई मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरुका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई उपलब्ध गराइएको ‘ह्याप्पीलर्निङ प्याक’आजैका मितिदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकहरुका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो ।

सो प्याकेजका प्रयोगकर्ताले रु. ३१५ मा २४ जीबी र रु. ५०० मा ३५ जीबी डाटा प्राप्त गर्न सक्नेछन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटामाथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । यीदुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । सो सम्झौताअनुसार नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोध सहितको जानकारी पठाउने छ ।

जानकारी प्राप्त भएपछि विद्यालयहरुले उक्त प्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीहरुको मोबाइल नम्बरको सूची [email protected] मा इमेलमार्फत पठाउनु पर्नेछ ।

यसका साथै विद्यार्थीहरुले कलेजको सहायता बिना नै आफै नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मागएर आवश्यक विवरण लेखी ह्याप्पीलर्निङ प्याक लिनका लागि रजिष्ट्रेसन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, २२ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने उल्लेख गरेका

काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेको लगाएका

काठमाडौँ, २१ कार्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहअन्तर्गत सार्वजनिक सेवा प्रवाह हुने

काठमाडौँ, २१ कार्तिक । कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलनको आयोजना