ईन्द्रजात्रामा सानिमा बैंकको QR Code यात्राको सौगात

काठमाडौँ, १५ भदौ । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले “ईन्द्रजात्रा QR Code को यात्रा” योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौँ उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल contactless भुक्तानीको सरल, सुरक्षित माध्यम QR Code को लागि आवेदन दिँदा रु. ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सकिनेछ । जसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सकिने बैंकले उल्लेख गरेको छ । यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि [email protected] मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर QR Code मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी हुनुभएका QR मर्चेन्टले बैंकको तर्फबाट रु. ५०० को मोबाइल टपअप प्राप्त गर्नुहुनेछ । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौँ उपत्यकाको लागि मात्र लागू हुने सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, २२ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने उल्लेख गरेका

काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेको लगाएका

काठमाडौँ, २१ कार्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहअन्तर्गत सार्वजनिक सेवा प्रवाह हुने

काठमाडौँ, २१ कार्तिक । कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलनको आयोजना