बारा, २१ असार । बारामा प्रहरीले मास्क प्रयोग नगर्नेहरुलाई कारबाही गर्ने अभियान चलाएको छ ।
प्रहरीले शनिबार मास्क प्रयोग नगरिकन सार्वजनिक स्थानमा हिँडडुल गर्ने एक सय २८ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
शुक्रबारसम्म मास्क प्रयोग गर्न आग्रह सहित माइकिङ गरिएको र शनिबारदेखि मास्कको प्रयोग नगर्नेलाई काबाही गर्न थालिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएकाहरुलाई सङ्क्रामक रोग निवारण ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत जनही एक सय रुपैयाँ जरिवाना लिएर मास्क प्रयोग गर्ने शर्तमा छोडिएको प्रहरीले जनाएको छ ।






