पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै

काठमाडौँ, १९ असार । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै समायोजन गरी वृद्धि गरेको थियो । असार १७ गते (जुलाई १) मा मूल्यसूची पनि बढेर आएको प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

पेट्रोलियम पदार्थको स्वाचालित मूल्य सूचीअनुसार नै मूल्य समायोजन गरिएको निगमले जनाएको छ । असार २ गते मूल्यसूची आए पनि बन्दाबन्दी र पेट्रोलियम पदार्थको कारोबार नभएको अवस्था भएकाले छिटो निर्णय नलिइएको उपाध्यायले बताए । उनले भने, “हामीले चैत १९ गते एकैचोटी प्रतिलिटरमा १० रुपियाँ घटाएका थियौँ, त्यतिबेला अन्तर्राष्ट्रिय बजारमा घटेर नै आएको थियो, यसबीचमा मूल्य समायोजन गरिएको थिएन तर मूल्यसूची बढेर आइरहेकै थियो । बन्दाबन्दीका कारणले समायोजनको प्रभावकारिता थिएन । ”

अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालित स्वाचित मूल्यसूची प्रणाली हरेक १५÷१५ दिनमा अपडेट हुनु पर्दछ तर कोरोनाको बन्दाबन्दीका कारण सवारीसाधन वन्द भएपछि पेट्रोलियम पदार्थको कारोबार ठप्प थियो । बन्दाबन्दीमा कारोबार २० प्रतिशतमा झरेको थियो । आशिंक रूपमा सवारीसाधन खुलेपछि कारोबार वृद्धि भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक ।  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा

काठमाडौँ, २० कार्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार दृढ रहेको स्पष्ट पारेको छ । आज नियमित

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । नेकपा (एमाले) का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक