बढ्यो अण्डाको मूल्य

काठमाडौँ, ९ असार । अण्डाको माग बढेपछि अण्डा उत्पादक संघले मूल्यवृद्धि गरेको छ ।

लकडाउन खुकुलो भएसँगै अण्डाको माग बढेको तर उत्पादन कम भएकोले मूल्यमा वृद्धि गरेको बताइएको छ । २८५ रुपैयाँ पर्ने क्यारेटको मूल्यमा २० रुपैयाँ वृद्धि गरी ३०५ रुपैयाँ पुर्याएको छ । लकडाउनको शुरुवातमा प्रति क्यारेट २४० रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २६० रुपैयाँ प्रति क्यारेट मूल्य कायम भएको थियो ।

लकडाउन खुकुलो हुने हल्ला भएपछि एकैचोटी २५ रुपैयाँ वृद्धि गरेकोमा हिजो मात्र पुनः २० रुपैयाँ वृद्धि गरेको छ । किसानको फर्ममा ३०३ रुपैयाँ पर्ने अण्डाको क्यारेट उपभोक्ताको भन्सासम्म पुग्दा ३५० देखि ३६० सम्म पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अन्सुअर

काठमाडौँ, २१ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय

काठमाडौँ, २१ कार्तिक । प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो रहेको बताएका छन् ।  आज सामाजिक सञ्जालमा लेख्दै

काठमाडौँ, २१ कार्तिक ।  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा