विकास भाँड्ने कांग्रेसीहरु : जो चोर उसको ठूलो स्वर

रविन्द्र सापकोटा

गुण्डुको हात्ती गौंडा र तिनधारा क्षेत्रमा बर्षाको कारण बाटो सारैनै हिलो भएको छ । उक्त बाटो पुरानो जिर्ण भएर हिलो भएको होइन । सूर्यविनायकदेखि लामाटार भुजुङ्गेसम्म ११ मिटरको बाटो बिस्तार हुने क्रममा सूर्यविनायक चोकदेखि गणेश मन्दिर हुँदै कृष्ण मन्दिरसम्म १ खण्ड, हात्ती गौंडा १ खण्ड, तिनधारे वडा कार्यालय १ खण्ड ७ नं वडा कार्यालयबाट हेल्थपोष्ट १ खण्ड र तर्खगाल दुधमेल १ खण्ड गरेर ५ ठाँउमा काम भै रहेको छ ।

जसमा २० करोड जति बजेट छुट्टिएको छ । कोरोनाको कारण काम केही ढिला हुन गएको हो । त्यती मात्र होइन हात्तीगौडाको माटो झिकेर सडक बिस्तार गर्ने सन्दर्भमा कांग्रेस सभापति दुर्लभ थापा र प्रदेश सांसद कृष्णलाल भडेलले सीडीयो कार्यालयमा उजुरी गरेको कारण अनि तिनधारा क्षेत्रमा कांग्रेस नेता तथा पूर्वगाविस अध्यक्ष भेषबहादुर कार्कीले सडक बिस्तार गर्न रोकेको र अहिलेसम्म पनि रुख काट्न नदिएकोले सडक निर्माणमा अत्याधिक समस्या उत्पन्न गराएका छन् ।

वडा कार्यालय चोकमा कांग्रेसको पूर्वगुण्डु गाविस सभापति बद्री कुवँरले बाटो मिचेर बनाएको घर नपन्छाएको र साबिक भैरहेको बाटोमा पनि फुटपाथ बनाउन नदिएको कारण काममा ढिला सुस्ती भएको हो । त्यस्तै तर्खगाल खण्डमा कांग्रेस स्थानीय नेता राम गोपाल न्यौपानेले ठेकदार र सडकको कर्मचारीलाई प्रभाबमा पारेर सडकको पैसाले आफ्नो घरको कम्पाउण्ड लगाएको कारण विवाद उत्पन्न भएको छ ।

नगरपालिकाको पुर्वाधार समितिले उक्त पर्खाल भत्काउन आदेश दिएको छ । तर राम गोपालले अटेर गरिरहेका छन् । गत स्थानीय चुनाव ताका पनि वडा कार्यालयबाट बसपार्क जाने सडक पनि काँग्रेसका कार्यकर्ताले अबरोध गरेका थिए । जसकारण बसपार्क जाने सडक निर्माण काम १ बर्ष ढिलो हुन गएको थियो ।

अहिले बर्षाको कारण देश भरीको बाटो बिग्रेको छ । तर कतिपय कांग्रेस कार्यकर्ता दधिकोट निवासी रुपक न्यौपाने लगाएतले गुण्डुको भेषबहादुर कार्कीको घर अगाडीको त्यही बाटोको हिलो भएको फोठो राखेर गुण्डुको विकास भनेर खिसिटिउरी गरेको देखियो ।

फेसबुकमा लेख्नु भन्दा आफ्ना नेतालाई सम्झाएर विकासमा अवकरोध नगर्न र छिटो छरितो काम गर्न सहयोग गर्न लगाउनु होला । यस्ता फेक न्युजले जनता भर्ममा पर्ने छैनन् । कांग्रेसका नेताहरुको कारण ढिला भएको काम अब छिटै सम्पन्न हुनेछ ।

सकभर समजदारी बाटै काम सम्पन्न हुनेछ । नत्र कानुन अनुसार काम हुनेछ । जस्को कारण गुण्डु आवत जावत गर्ने सम्पूर्ण यात्रु वर्गमा पर्न गएको असुविधाको लागि क्षेमाप्राथी छौं । ५/७ दिन भित्रै ग्राभेल हालेर बाटो बनाइने छ र यात्रा सहज बनाइने छ । अनि बाकि काम पनि तिब्र गतिमा सम्पन्न गरिनेछ ।

वडाध्यक्ष सूर्यविनायक नगरपालिका –७

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ