क्वारेन्टिनमा दैनिक योग

स्याङ्जा, १० जेठ । स्याङ्जाको वालिङ नगरपालिकाको क्वारेन्टिनमा बस्नेलाई दैनिक योगाभ्यास सिकाउन थालिएको छ । देशका विभिन्न स्थानमा निर्माण भएका अधिकांश क्वारेन्टिन अव्यवस्थित रहेको र क्वारेन्टिनबाट भाग्ने गरेका समाचार आइरहँदा वालिङ नपालेक्वारेन्टिन बसाइलाई सहज बनाउन दैनिक डेढ घण्टा बिहानमा योगाभ्यास गराउन थालेको हो ।

वालिङ नपाको अनुरोधमा पतञ्जलि योग समिति वालिङका प्रशिक्षकले सामाजिक दूरी कायम राखी क्वारेन्टिनको प्राङ्गणमा रहेको वालिङ खेलमैदानमा योगाभ्यास गराउन थालेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “नेपालका विभिन्न जिल्ला तथा भारतबाट आएका वालिङका बासिन्दालाई मानसिकरूपमा पीडा हुन नदिइ शान्त, शारीरिकरूपमा स्वस्थ र आध्यात्मिकरूपमा चेतनायुक्त बनाउन योगाभ्यासको थालनी गरेका हौँ”, नगरप्रमुख खाँणले भने, “योगका माध्यमबाट क्वारेन्टिनमा बस्ने व्यक्तिले आफूलाई निरोगी, स्वस्थ तुल्याउन सक्ने र कोठाभित्र मात्रै बसिरहँदा नकारात्मक भावना जागृत हुनसक्ने भएकाले खेलमैदानमा सामूहिकरूपमा सामाजिक दूरी कायम राखेर योगाभ्यास गराइएको हो ।”

शारीरिक तथा मानसिक समस्या न्यूनीकरणका लागि नपाले थालेको यो अभियान प्रभावकारी बन्दै जानेमा विश्वस्त रहेको नगरप्रमुख खाँणले बताए । योगाभ्यासलाई निरन्तरता दिइन बताइएको छ । बिहानको समयमा योगाभ्यास गर्नाले स्वास्थ्यका दृष्टिले तथा शारीरिक र मानसिकरुपमा पनि सकारात्मक ऊर्जा मिल्ने भएकाले यो विधि महत्वपूर्ण हुने दाबी पतञ्जलि योग समिति गण्डकी प्रदेश महिला प्रभारी मैयादेवी लम्सालले बताए । डेढघण्टाको अवधिमा योगका विभिन्न आशन तथा चरणका बारेमा प्रत्यक्षरूपमा अभ्यास गराउनाले क्वारेन्टिनमा बस्नेहरुमा सकारात्मक भाव देखिएको प्रशिक्षक पतञ्जलि योग समिति गण्डकी प्रदेश सदस्य वासुदेव अधिकारीले बताए ।  बिहानको समयमा खुला मैदानमा योग प्रशिक्षकबाट योग सिक्दा मानसिक तनाव, शारीरिक पीडा हराउँदै गएको अनुभव सहभागीको थियो ।

वालिङ नपाले स्थापना गरेको क्वारेन्टिनमा शुक्रबारसम्म १२ जना छन् । उनीहरु धेरैजसो भारतका विभिन्न स्थानबाट आएका हुन् । क्वारेन्टिनमा बसेका सबैको बिहीबार साँझ क्वारेन्टिनमै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको र नतिजा आउन बाँकी रहेको वालिङ नपाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३१ भदौ । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते

काठमाडौँ, ३१ भदौ । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा

काठमाडौँ, ३१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate