धरानमा तीनजना डेंगु संक्रमित फेल

धरान, २५ चैत । धरानमा तीनजनामा डेंगुको संक्रमण देखिएको छ ।

धरानको वीरेन्द्र मेडिकल हलमा स्वास्थ्य परीक्षण गर्न आएका धरान उपमहानगरपालिका–१२ का ५४ वर्षीय एक महिला र वडा नम्बर १५ का १९ वर्षीय एक युवकमा डेंगु भेटिएको डा. सुरेन्द्र यादवले जानकारी दिए । यसअघि धरानको सन्ध्या इन होटेलका चालकमा पनि डेंगु सङ्क्रमण भेटिएको थियो। अहिले उनी निको भई सकेका छन् ।

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो  डेंगुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । गत वर्ष धरानमा महामारी कै रूप देखिएको डेंगु गर्मियाम सुरु भएसँगै पुनः देखिन थालेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले बताए । स्वास्थ्यकर्मीहरुका अनुसार डेंगु लाग्दा आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Rate for