कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

काठमाडौँ, २३ चैत । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ । यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ । त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन् । यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ ।

चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात कम धुनेमा महिलाभन्दा पुरुष बढी भएकाले यस्तो तर्क गरिएको हो ।

तर यहाँ एउटा वैज्ञानिक तथ्यलाई बिर्सिएको छ । त्यो हो– जीवनको निरन्तर अस्तित्वको हिसाबले महिलाभन्दा पुरुष कमजोर लिंग हो । यो जीवनको कालखण्डमा एकपटक मात्र आउने महामारीका बेलाको प्रसंग मात्र होइन । लैंगिक हिसाबमा अन्तर्नि्हित जैविक फाइदा जीवनको हरेक चरणमा हुन्छ ।

उदाहरणका लागि पहिलो जन्मदिन मनाउने मौका केटालेभन्दा केटीले बढी पाउँछन् । एक सय वर्षभन्दा बढी उमेरका मानिसमा ८० प्रतिशत महिला छन् भने ११० वर्षभन्दा बढी उमेरकामा ९५  प्रतिशत महिला छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा